
मनमा छुरा हानी मरुभुमिलाई संसार मानी परदेशिने अभागी हामी
सूचना धमला
कस्तो लाग्यो परदेशी भुमि ?
गएका थियौ रुँदै रुँदै
बाध्यताले भरिएको जिन्दगीमा घुलमुलिदै ।
पसिनाको मुल्य छैन
सात समुद्र पारी पनि
भोकै मर्नु पर्ने हुन्छ
परदेश आफ्नु नमाने नि
कस्तो लाग्यो परदेशी भुमि ?
मनमा छुरा हानी हानी
परदेशिने अभागी हामी
घाम र पानी भुल्नु पर्छ
मरुभूमिलाई संसार मानी
कस्तो लाग्यो परदेशी भुमि ?
नसुतेर गर्छौं काम
२४ घन्टा ओटी भनी
बरु दुख गर्छु भनी
सोच्यौ होला नेपालमा नि
कस्तो लाग्यो परदेशी भुमि ?
खाने बेला घर परिवार
चाडपर्वमा आफ्नै समाज
सम्झँदै मन पोले पनि
बाँच्नै पर्छ मानेर गजब
कस्तो लाग्यो परदेशी भुमि ?
रमायौ कि त्यही परदेशमा
सम्झि राछौ आफ्नै देशलाई
रमायौंकी परदेशी भेषमा
सम्झिराछौ आफ्नै भेषलाई
कस्तो लाग्यो परदेशी भुमि ?
फर्क अब यहि माटोमा
सुन फलाउनु पर्छ हामी
झुल्ने बेला हैन अब
देश फलाउनु पर्छ हामी
कस्तो लाग्यो परदेशी भुमि ?
कस्तो लाग्यो परदेशी भुमि ?
सुनाउ तिम्रा सुखदुःख
जान प्रेरित गर्छौ कि त
रोक्ने कदम चाल्छौ अब ?
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)