
मेरो शीर झुकेकोझुक्यै
लघुकथाः पछुतो
मन्जु घिमिरे दाहाल
विराटनगर ।
म हतार हतार घरबाट निस्किएँ । एउटा कायक्रममा २ बजे नै पुग्नु थियो । घाम धेरै चर्को थियो । सडकमा गाडीहरु पनि पातला चलेकाले हिँडेर जाने विचार गरेँ । कार्यक्रमस्थल धेरै टाढा थिएन । आँखामा कालो चस्मा लगाएकोले हिँड्न सजिलो भयो ।
कार्क्रमको गेट नजिकै पुग्न लाग्दा एक जना अधबैसे मेरो जिउमा ठोक्किन पुगे । मेरो हाते ब्याग भुईमा खस्यो । म ती मानिसदेखि नराम्रोसँग रिसाएँ । र भने, ‘के आँखा छैनन् ?’
उनले नम्र हुदै भने, ‘माफ गर्नुस् । मैले जानेर होइन । नदेखेर हो ।’ म रिसाउदै अघि बढेँ ।
कार्यक्रम अघि बढाउँदै उदघोषकले प्रमुख अतिथिको नाम बोलाए । र, म छक्क परे अनि लज्जित भएँ । प्रमुख अतिथी त मसित ठोक्किने मानिस पो रहेछन् ।
मेरो शीर झुकेकोझुक्यै भयो ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)