
शिखरिणी छन्दमा ‘काेराेना संसार’
टीका मिलन
इटहरी-५
अहो ! सारा मान्छे थरथर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ ।।
क्वरेण्टाइन् कोही अरु त सब आफ्नै घर बसी ।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति ।।
डडेलो झैँ सल्क्यो घरघर यहाँ कोभिड यति ।
अहो ! कस्तो पापी मरण कतिकाे हुन्छ यसरी ।।
छिमेकी हुन् कोही स्वजन घरका बालकहरु ।
विदेशी हुन् सारा अतिथि बटुवा हुन् अरु अरु ।।
सबै एकाम्मेछन् कहर यसकाे मार कति हाे ।
सबैका आ-आफ्नै बहस अथवा तर्क जति हो ।।
न देखिन्थ्यो हेर्दा न त अब यहाँ चिन्छ कसले ।
म हेर्दै गर्ने थेँ वरपर कतै लाेचन मिले ।।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



