
सुख छैन कतैतिर दुखैदु:ख देख्छु, हटोस् दु:ख भन्दै गीत यत्ति लेख्छु
कविता
राजेन्द्र गुरागाईं
विराटनगर
को रैछ र आफ्नु यहाँ कस्को लागि रुनु
परेको छ आँसु झारी खाली आँखा धुनु ।
आफन्त नै टाडा टाडा हुने दिन आयो
समयले मान्छेलाई खानुसम्म खायो ।
कति राख्नु लुकाएर यो शरीर र चोला
बाँचिएछ भने कतै फेरि भेट होला ।
जे छ घरमा त्यसैलाइ मिठो मानि खाऊ
जस्तो जस्तो पर्दै जान्छ टार्दै टार्दै जाऊ ।
जता ततै पसेको छ कोरोनाको काल
नहोस् अब कैल्यै पनि यस्तो हरिताल ।
सुख छैन कतैतिर दुखै दु:ख देख्छु
हटोस् दु:ख भन्दै गीत यत्ति मात्र लेख्छु ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)