
कठैभित्र ‘बल्ल खाइस, खुच्चिङ’ ज्यादा देखेँ
मुक्तक
एक्लो प्रितम खड्का
रुपन्देही
१
दुख्न त दुखिरा’छ नि मन देखाको छैन पो त
यहाँनेर भनी शब्दजालमा लेखाको छैन पो त !
कठैभित्रै बल्ल खाइस खुच्चिङ ज्यादा देखेँ
पिडा खप्दै मलमले घाउ छेकाको छैन पो त !
२
पत्थर दिल तोडेर पिरतिको घर बनाउन चाहन्छु
जुनि जुनिसम्म तिम्लाइ मेरो भर बनाउन चाहन्छु !
जुनको ज्योती र सागरको मोति दिन त सक्दिन म
प्रेमासागरमा डुबेर हाम्रो एउटै थर बनाउन चाहन्छु !
३
अगाडि चेपारो धस्दै पछीबाट छुरा रोप्न जानिएन
क्षणिक वाह पाउन भनी झुटा कुरा रोप्न जानिएन !
जुनलाई घाम र घामलाइ जुन भनी प्रमाणित गर्छन
मनमा जहरहरु पाल्दै मुहारमा बबुरा रोप्न जानिएन !
४
नयनको डिल नाघी नाघी झरिदिन्छन अश्रु
बाध्यताको अघि कमजोर परिदिन्छन अश्रु !
कठोर छु भनी प्रमाणित गर्न खोज्दा खोज्दै
अनायसै मनलाइ शिथिल गरिदिन्छ्न अश्रु !
५
तिम्लाइ पाउछु भने मैले सास बेचिदिन्छु
सुनौला मेरा हरेक पल खास बेचिदिन्छु !
माया पाउन पनि ओहो धनकै रैछ बर्कत
भोको बसि तिम्रो लागि गास बेचिदिन्छु !
६
प्रेम सिकायौ तर धोका खप्न सिकाइनौ
झिकी मात्र रहन कहिले थप्न सिकाइनौ !
दिलमा पत्थर राखी दुर्गती खेप्नुपर्यो कठै
धोकापछी रामराम माला जप्न सिकाइनौ !
७
कमि छ कमजोरी छ निहुँ खोज्छौ किन
महाभारत मच्चाउने बीउ खोज्छौ किन !
आफ्ना जति कुरा सधैं मेरा सबै माकुरा
ढुङ्गा बन्ने आफू मलाइ घिउ खोज्छौ किन !
८
एकान्तमा रुने गर्छु साथी भाग्य सम्झिएर
एकसुरे पो हुने गर्छु साथी भाग्य सम्झिएर !
किन बिधाताले मेरो भाग्य खोटो लेखिदियो
अश्रुले मन धुने गर्छु साथी भाग्य सम्झिएर !
९
सम्बन्ध जोडिएर क्यार्नु स्वार्थमा तोडिन्छ
रबर जस्तै गरेर दायाँ अनि बायाँ मोडिन्छ !
स्वार्थलिप्त भए इज्जत छैन कुनै सम्बन्धको
कति सजिलै तोडफोडी माया अन्तै जोडिन्छ !
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)