
परीको कथामा झैँ पुष्पविमान चढी आउला
गजल
एक्लो प्रितम खड्का
चुमेन अधर यो भमराले बाँझै छु आजसम्म
उपहास भो जवानीको ताजै छु आजसम्म !
आएनन् प्रेम गर्न न परिभाषा सिकाउने नै
उत्सुकता र झुकी नयन लाजै छ आजसम्म !
भमरालाई फकाइफुल्लाई जालमा पारुँ भनी
सिङ्गारपटार गर्ने कामकाजै छ आजसम्म !
मान्या छैन हार कुराइ अथक छ है दिनानुदिन
भेट्ने चाह अथाह दिन रात साँजै छ आजसम्म !
परीको कथामा झैँ पुष्पविमान चढी आउला ऊ
ऐरे गैरे हैन कल्पनामा मेरो राजै छ आजसम्म !