तिमी तिमीसँग थिएनौ, म मसँग थिइनँ

भेल / कविता

मायामितु

मन साट्न लगायो
समयको एउटा संयोगले
साट्यौं मन
बाड्यौं खुशीका रहरलाग्दा उमंगहरु
त्यसैगरी बाड्यौं दुःखका कहरलाग्दा क्षणहरु
बाँड्नु थियो हामीले
बेस्सरी बाड्यौं
गाँस बाड्यौं
माया बाड्यौं
छाँया बाड्यौं
साट्नु थियो हामीले
साट्यौं यतिसम्म कि
तिमी तिमीसँग थिएनौ
म मसँग थिइनँ
तिम्रो आँखामा भेटिन्थेँ म
मेरो आँखाभरी लुक्थ्यौ तिमी
केही बाँकी थिएन आफू आफूसँग
सबै रित्तिएर पनि
हामी सम्पूर्ण भरिएका थियौं
हाम्रो आलिंगनबीच
एक दिन यस्तो भेल आयो समयको
उर्लियो हामीबीच
र, दुई किनारा बनायो ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button