म कसरी छुनु चन्द्रमा ? घरबाट त निस्कन पाउँदिन
कविता/ उडी छुनु चन्द्रमा
बुद्धराज तामाङ
न त म चरा
न त मसँग छ पखेटा
कसरी छुनु
म त्यो चन्द्रमा
तैपनि मानिसहरु भन्छन्-
उडी छुनु चन्द्रमा ।
दिनमा घाम
रातमा चन्द्रमा
म एक सामान्य मानिस
कसरी छुनु रातको त्यो चन्द्रमा
तैपनि मानिसहरु भन्छन्-
उडी छुनु चन्द्रमा ।
के छ खै त्यस्तो अचम्मको कुरा
त्यो चन्द्रमामा
खै केही कुरा बुझ्न सकिएन
तैपनि मानिसहरु भन्छन्-
उडी छुनु चन्द्रमा ।
कोरोनाको समय
लकडाउनको अवस्था
घरबाट त निस्कन पाउँदिन
म कसरी छुनु चन्द्रमा
तैपनि मानिसहरु भन्छन्-
उडी छुनु चन्द्रमा ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)