
अल्झिएको छ जिन्दगी कोरोनाको मारमा हजुर
त्रि-मुक्तक
बिष्णुप्रसाद पौडेल
पोखरा ६ बैदाम ।
१
सम्झिएर रुन खोज्छु रुन सक्दिन
मनको पीडा आँसुले धुन सक्दिन
सम्झना त सम्झनामै सीमित भयो
चाहेर पनि त्यो दिलमा छुन सक्दिन।।
२
आकाशमा बादल मडारिदै आइरहेको बेला
न्याउली चरी एकोहोरो गीत गाइरहेको बेला
मन बहकिदै जान थाल्छ सुनसान शहर भित्र
कागहरु तँछाडमछाड गर्दै कराइरहेको बेला ।
३
अल्झिएको छ जिन्दगी कोरोनाको मारमा हजुर
अल्झिएको छ जिन्दगी खुकुरीको धारमा हजुर
कहिलेकाँही त डाँको छोडी रुन मन लाग्छ मलाई
अल्झिएको छ जिन्दगी फलामे काँडे तारमा हजुर ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)