अल्झिएको छ जिन्दगी कोरोनाको मारमा हजुर

त्रि-मुक्तक

बिष्णुप्रसाद पौडेल
पोखरा ६ बैदाम ।


सम्झिएर रुन खोज्छु रुन सक्दिन
मनको पीडा आँसुले धुन सक्दिन
सम्झना त सम्झनामै सीमित भयो
चाहेर पनि त्यो दिलमा छुन सक्दिन।।


आकाशमा बादल मडारिदै आइरहेको बेला
न्याउली चरी एकोहोरो गीत गाइरहेको बेला
मन बहकिदै जान थाल्छ सुनसान शहर भित्र
कागहरु तँछाडमछाड गर्दै कराइरहेको बेला ।


अल्झिएको छ जिन्दगी कोरोनाको मारमा हजुर
अल्झिएको छ जिन्दगी खुकुरीको धारमा हजुर
कहिलेकाँही त डाँको छोडी रुन मन लाग्छ मलाई
अल्झिएको छ जिन्दगी फलामे काँडे तारमा हजुर ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button