बा-आमा सबै मिली पढ चन्डी-गीता, यस्तो बेला के देखाउनु लाशमाथि रमिता !

कविता
शकुन्तला देवकोटा

मौका मिल्दा खानु बाडी भुँडी फुट्ने गरी टन्न
जनतालाई दुख पर्दा कसले बनाउँछ र प्रसन्न ।

देश सिमित ठुलाबडाको बन्दै छ रे विर्ता
आखिर के नै रहेछ र दुखी गरिबका निमित ।

हस्पिटलमा सधै बेड, अक्सिजनकै छ खाँचो
जिम्मेवार बन्ने ब्याक्ति पद प्रतिस्ठामै चनाखो ।

छरछिमेक बिरामी छन्, गाउँ टोल, टोल
नेता खोज्छन् बनाउन आफ्नै जीवन अनमोल ।

अब हाम्रो मात्र होइन सबले राम्रो, पनि रोज
देशका निम्ति केही नगर्नेलाई किन गर्छौ प्रपोज ।

बाबा, आमा सबै मिली पढ चन्डी, गीता
यस्तो बेला के देखाउनु लाशमाथि रमिता ।

गाँस, बास, कपासकै सुन्दै आको नारा
यो सबै बनाएका भोट माग्ने इसारा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button