हामीले फेर्नुपर्ने इतिहासको परिभाषा होइन, वर्तमानको यथार्थ हो

कविता
विजय घिमिरे

समाजवादको फेरो समाएर
इतिहासमै हामीले निमिट्यान्न
परेका सामन्तवादका अवशेषहरु
साँढे बनेर नेपाली राजनीतिमा
दाँइ गरिरहेछन् ।

राजनीतिलाई फोहोरी खेल मात्रै देख्ने
हे युवाहरु
आउ लकडाउनले स्तब्ध
यो समयमा
तिमी हामी मिली
ती साँढेहरु नार्न ।

केहि थान जुवाहरु बनाउँ
र, खोज गरौ इतिहासको गर्भबाट
केहि थान हलो
अनि कर्मशील हातहरुको अनुभव
जसका तिलस्मी पौरखले
ठड्याएका थिए
दर्जनौ विश्व सम्पदा सुचिमा
सुचिकृत सम्पदाहरु
इतिहासबाट वर्तमानसम्म आइपुग्दा
हामीले फेर्नु पर्ने
इतिहासको परिभाषा होइन
वर्तमानको यथार्थ हो ।

त्यसैले विश्वको कुना कुनामा फैलिएर
श्रम बेचिरहेका युवाहरु
आउ तिमी हामी मिली
वर्तमानको यथार्थ फेरौ ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button