कविताः आज शपथग्रहण छ

कुमार रुपाखेती

बोस विदेशबाट आउनुभयो
सुनको घडी ल्याउनुभयो
साउजीले हिराको औठी औलामा सजाउनुभयो
बोसको मुटुको धड्कन अड्यो
सुनको घडी चलिनैरह्यो
हिराको औठी खोलेर खल्तीमा छिर्यो
औंला खारानी भयो
आज सुनको घडी र हिराको औठीको लिलामी छ
बोली लाउनेको तछाडमछाड छ
आर्यघाटमा घुइचो छ
धुवाको मुस्लो छ
मन्दिरको घण्ट र अक्सिजन सिलिण्डरको टङटङ आवाज छ
बोली लाउनेका आखाँमा
सुनको घडी र हिराको औठीको चमक छ
दौरा सुरुवालको टेलर ब्यस्त छ
किनकी आज शपथग्रहण छ ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button