तिम्रो जीवन मुस्कुराउन सक्छ एक दिन

कविता

अमित संग्रौला
बिर्तामोड, झापा ।

हरेस नखाउ जीवनसँग
हिम्मत राख आफैमा
विश्वास गरेर अघि बढ
कोपिला लाग्नेछ

फूल फुल्न सक्छ ।
तिम्रो जीवनमा बसन्त छाउन सक्छ ।

धर्य गर विश्वास राख मनमा
सबै परिवर्तनशील छ भनेर बुझ
निराशाको कालो बादलले घेरेको हुन सक्छ ।

जीवनमा आइपर्ने कठिनाई
विभिन्न चुनौतीलाई सहर्ष स्वीकार गर
आफ्नो जीवनसँग खुसी बन
मुक्त होउ मायावी बन्धनदेखि ।

जीवन बाकी छँदैमा
जीवन जीउनुको अर्थ हुन्छ ।
हाँस रमाउ, उत्सव मनाउ जीवनसँग ।
सेवा गर दिनदुखीको
जीवन रहेसम्म
जीवन जीउनुको सार्थकता हुन्छ ।

आफैभित्र नियाल
तिम्रो मनमा उठेको
समवेदनाप्रति अवलोकन गर
श्रद्धा गर विश्वास गर ।

जीवन बाकी छँदैमा
तिम्रो जीवन मुस्कुराउन सक्छ एक दिन ।

(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button