नखाएर हामीलाई दिने आमा, आफ्नो भागको जति

कविता
रतन साउँद

जन्मथलो छोड्यौ आमा, आयौ बाउको घर
अनि पुकार गर्न थालिन् आमा, हामी पाउने वर ।

नौ महिना पेटमा बोक्यौ आमा, कति कष्ट भोग्यौ
जन्म दियौं हामीलाई आमा, तोते बोली बोल्यौ ।

दशधारा स्तनपान गराई आमा, चट्ट शरीर बिग्र्यो
आफ्नै रगत चुसाई आमा, हाम्रो जीवन सपप्र्यो ।

रुघाखोकी लाग्दा आमा, खानपिन गर्न छोड्यौ
ओखतीमूलो गरिरहँदा आमा, कति दुख भोग्यौ ।

कामकाजकै जिम्मेवारी आमा, छोराछोरीको पिर
आफ्नै निन्द्रा सुत्ने होइनन् आमा, हात हामी तिर ।

हातले धन्दा, बुइमा बोकी आमा, गर्थिन् यताउति
नखाएर हामीलाई दिने आमा, आफ्नो भागको जति ।

पालनपोषण गर्ने जिम्मा आमा, हजुरैको भयो
आफ्ना रहर थाँती राखी आमा, हाम्रै सेवा भयो ।

सीप दियौं बुद्धि दियौं आमा, हामीहरु हुर्क्यौ
थिती दियौ सुद्दी दियौं आमा, आफ्नो कर्म गर्यौ ।

यसै गर्दै दिनहरु बिते आमा, हामी ठूल्ठूला भयौं
हजुरको आशिर्वादले आमा, असल मान्छे बन्यौं ।

कतिसम्म भोगिराख्छौं रतन, मातृऋण बोकी
सेवा गर्छु ऋण घट्ला, आमासँग मिठो वचन बोली

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button