श्रीकृष्णको ‘फरक छैन’

कविता

श्रीकृष्ण सिम्खडा

फरक छैन तिम्रो
अनि मेरो बाटो ।

अघि भर्खर म
त्यही बाटो हिँडेको
तिमी पनि त्यही
बाटो भएर हिँड्दै छौ ।

फरक जस्तो त देखिने
मात्र न हो
त्यही देखिने जस्तो
जुन भुतरुपी फरक छ
त्यसले विभेद लेरायो ।

फरक देख्नु सहि गलत
म न्यायाधीश होइन
देखाउन सक्ने
म त एउटा यात्री न हुँ
बाटोमा हिंड्ने ।

सबै हिंड्छ्न्
म पनि हिँडे के फरक ?

फरक पार्नेहरुको भिडमा
फरक पारेर कसैलाई
नहोच्याउनु कहिल्यै
ऊ र तिमी हिँड्ने बाटो
एउटै हो प्रायजसो ।

यदि फरक पार्न सक्छौ भने बाटो
बाटो फरक परेछ भनौंला
फरक रहेछु भनुम्ला ।

उहि हो बाटो भने
सम्झनु गन्तव्य उहि भनेर ।

तिमीले खाने रासन
मैले खाने रासन
दोबाटोको त्यही पसलमा
पाइन्छ भने किन्न
केमा फरक ?

तिमीले लाउने कपडा
अनि मैले लाउने कपडा
त्यही बजारमा
पाइन्छ भने किन्न
अनि केमा फरक ?

तिमी जल्ने चित्ता
र, म जल्ने चित्ता
उस्तै हुन्छ भने
अनि केमा फरक ?

भो’ नदेख फरक
सुरु उस्तै, गन्तव्य उस्तै
नदेख भो’ फरक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button