अहा ! गाउँदागाउँदै ५० बर्ष बित्यो

सयौं सुन्दर गीत गाएर नेपाली संगीतको सजीव ‘तारा’ भइन् । र, आफ्नो गायन यात्राको पचास बर्षमा आइपुगेकी तारा थापाले भनिन्, ‘आहा आज म असाध्य खुशी छु । आजको दिन मेरो लागि खास छ ।’

‘विशेष छ’, थापाले थपिन्, ‘मेरो साङ्गितिक यात्रा आज पचासौं वर्ष मा प्रवेश गर्दै छ ।’ उनले सोचेकी पनि थिइनन् रे, कल्पना पनि गरेकी थिइनन् रे, ‘आफ्नो साङ्गितिक यात्राको स्वर्ण वर्ष पनि आउँछ ।’

‘कति छिटो दिन, हप्ता, महिना, वर्ष व्यतित भइसकेछ ?’, उनले भनिन्, ‘कोटिकोटि प्रणाम तेत्तीस कोटि देवीदेवताहरुमा । मेरो प्रथम गुरु स्व. आमा, पुजनिय बाबा, परमपुज्य गुरुहरु ज्ञानबहादुर श्रेष्ठ, रङ्गराव कादम्बरी, बुधरत्न शाक्य, ईन्दिरा पान्डे, पद्मा कादम्बरी, सिके रसाइली, गोपाल योन्जन ।’

‘शुभेच्छुक, प्रशँसक, मेरा प्यारा भाइबहिनीहरुको अथाह सहयोगलाई कसरी भुल्न सकिन्छ र ? आत्मिय साथीभाइहरुको ठूलो गुन छ ममाथि’, भावुक हुँदै उनले भनिन्, ‘अझ स्तन क्यान्सर भइ मरणासन्न अवस्थामा पुगेको बेला प्राप्त सहयोग, मनकारी मन अनि सहयोगी हातहरुलाई जन्मौंजन्म भुल्न सक्दिनँ ।’

‘कलियुगमा स्वर्ग र नर्क यहि देख्न पाइन्छ भन्थे, साच्चै हो रैछ’, उनले भनिन्, ‘रेडियो नेपाल स्वर्ग नै हो मेरो लागि, पुरानो स्टुडियो जहाँ मैले सयौं गीत रेकर्ड गरेँ, साथै नयाँमा पनि । नातिकाजी दाई, शिवशंकर दाई, ज्ञानबहादुर दाई, तारादेवी दिदी बस्नु हुने त्यो ठूलो कोठा हल । पछि त्यही ठाउँमा पान्डव सुनुवार दाई, भाई राम थापा, भाई युक्त गुरुङ्ग, दिदी मीरा राणा बस्नु भयो, त्यही हो स्वर्ग मेरो लागि ।’

गीतकार, सङ्गितकार अनि गायक-गायिकाहरुले भरिभराउ भइरहने रेडियो नेपालको प्राङ्गण यहि हो स्वर्ग मेरो लागि । जय होस् मेरो पचास वर्षे साँगितिक यात्राको’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button