वनकी चरी, खाएरै वनफल, वनमै रमाइन्

कविता

रतन साउँद

दुखको पलमा, एक्लै छु साथी
आउ एता आउन
मायाको प्यासले, प्यासै छु साथी
देउ साथ देउन ।

शरीरको रुप, दुब्लो र पात्लो, अँगालो मारेर
पिरती मेरो, सुस्तरी लाग्ला, सजिलो पारेर ।

गरेको मैले, गुँडको तार, नजरमा नजरै लाएर
तृष्णा मेट्ने, लागाउ प्यार, मुर्दूल वचनै बोलेर।

चरीको गीत, चरीले गाइन्, चिरचिरे भाषामा
बसेको पिर्ती, बरीले लाइन्, नेपाली पारामा ।

वनकी चरी, खाएरै वनफल, वनमै रमाइन्
मनकी परी, चाहेरै हरपल, घरबारै बनाइन् ।

हुन त मेरो, वेदना सुन्ने , कोही पनि थिएन
दैवको होरो, लेखेको जोडी, भएको मिलन ।

कुहूँ र कुहूँ, कोइलीको लए, बसन्त रितुमा,
पिरती लगाई, विलिन भए, जीवन कालमा ।


(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल 
nepalnamcha@gmail.com मा ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button