प्रकाशका तीन कविता
प्रकाशप्रसाद उपाध्याय
१
म होइन कवि
तर केही न केही कोर्ने गर्दछु
म होइन नेता
तर राजनीतिको खेल खेल्ने गर्दछु
कुर्सीको निम्ति
कहिले यतापट्टि त कहिले उतापट्टि
यसै किसिमको राजनीति म गर्ने गर्दछु ।
२
कसैलाई चिन्न
उसको निकट सम्पर्कमा बस्नु पर्दछ,
आफ्ना आफन्तलाई चिन्न
संकट आउनु पर्दछ
यस कलियुगमा कृष्णसरह मित्र पाउनु गा-हो छ,
पाइ हालेको खण्डमा भाग्यमानी ठान्नु पर्दछ ।
३
तिमी जसलाई पे्रम भन्थ्यौ
त्यो त आकर्षण मात्र रहेछ
मैले तिमीलाई दिल दिएँ
तर तिमीले मलाई धोका दियौ ।
वाह! अति सुन्दर सांदरभिक कविताको लागि परमादरणीय कविज्यूलाई हार्दिक हार्दिक बधाई र अनंत शुभकामना छ।