मुकुन्डोधारी नक्कली वाक्यदान
कलाक्याफे कविता
सुरेशमान उलक
नेताहरूको लागि जनताको सधै बलिदान
कति आमाहरुले गर्ने यो नेताको लागि क्षमादान ।
आजसम्म कुनै नेताको छैन त्याग र बलिदान
सोझा सिधा, भोकमरी र गरीबको मात्र ज्यानदान ।
सडकमा होस् या सदनमा कुर्सीको मात्र आलिसान
भन्नु पर्दा, यो देशमा कुनै पनि नेताको छैन योगदान ।
पुस्तौँ पुस्ता गइसक्यो नेपालीहरुको आँसुदान
कुनै सपुत जन्मेन यो देशमा, जहिले तानातान ।
कति हेर्ने हो यो मुकुन्डोधारी नक्कली वाक्यदान
रास्ट्रसेवकहरू पनि आफ्नै धुनमा रास्ट्रिय गान ।
कहिले आनन्दसँग श्वास फेर्न पाउने हो यो ज्यान
ढुक्कसँग शान्तिको धुन सुन्न आतुर छ आफ्नो कान ।