अटुट कलाश्रीः एकलाई ‘सम्मान’, अरु सबैलाई ‘पुरस्कार’

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले बर्ष २०७७ वाला सम्मान एवं पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानले राष्ट्रिय कलाश्री सम्मान रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेकोे छ ।

त्यस्तै अशेष मल्ललाई एक लाख रुपियाँसहित राष्ट्रिय कलाश्री पुरस्कार, ठाकुर बेलबासेलाई ७५ हजार रुपियाँसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, लक्ष्मी उप्रेतीलाई ५० हजार रुपियाँसहितको बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार, विधाता के.सी.लाई ५० हजार रुपियाँसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार र मिलन अमात्य नेवारलाई ५० हजार रुपियाँसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

साथै योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित र प्रतिष्ठानद्वारा प्रदान गरिदै आएका २५ र २० रुपियाँसहितका योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कार क्रमशः डा. मधुसूदन गिरी र मनोहर लामिछानेलाई प्रदान गरिन भएकोे छ ।

यी सम्मान तथा पुरस्कार यही फागुनमा प्रदान गरिने प्रतिष्ठान अध्यक्ष मोमिलाले जनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button