बुद्ध ! ज्ञान तिम्रो लिखित भो मात्र शास्त्रमा

ऋतु शाक्य

बुद्ध तिमी आऊ फेरि दूख: मेताउन ,
राग द्वेष क्लेश मोह सबै छुटाउन ,
मान्छे यहाँ बने दैत्य ज्ञान को कमीले ,
आऊ तिमी बोध बनि करुणा भावले ।१।

स्मृति तिम्रो सिमित भो मात्र मुर्तिमा ,
ज्ञान तिम्रो लिखित भो मात्र शास्त्रमा ,
बुद्ध तिमी जन्मनु फेरि संसार हल्लाउन ,
मानवलाई मानवताको पाठ पढाउन । २।

विसंगति बढ्यो यहाँ ब्यविचार ले सीमा नाघ्यो ,
हत्या हिंसा बढ्दा अधर्म ले जड़ो गाड्यो ,
बुद्ध तिमी फर्की आऊ शील सिकाउन ,
अज्ञान रुपी अन्धकार मा दीप जलाउन । ३।

चेतना तिमी बनि आऊ सजगता बढाउन ,
द्रस्ता तिमी बनि आऊ चक्षु खुलाउन ,
बुद्धि तिमी बनि आऊ बिबेक जन्माउन ,
साक्षी तिमी बनि आऊ मोक्ष दिलाउन । ४।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button