रंगिन दुनियाँमा मान्छेका अनेक रंग अनि म भने बेरंग भएकी छु

वसन्ती थापा

अचेल देख्नेलाई नि विचरा भएकी छु
कुजिएर बस्नुपर्ने मुडोसरी भएकी छु
रंगिन दुनियाँमा मान्छेका अनेक रंग
अनि म भने बेरंग भएकी छु ।

अन्धकारमा सान्त्वनाका बहार आउँदा
विपनामै बिउँझिनलाई झस्किने भएकी छु
म भन्छु पढेर र परेर जान्नुमा धेरै फरक छ
काटे दुख्छ र काटेपछिको दुखाई, भोग्ने भएकी छु ।

सास बिनाको शरीर र बैसाखी बिनाको म
अचेल उस्तै उस्तै हालत भएकी छु
भन्छन्, मेरा लागि, हाम्रा लागि के गरिस् तैंले ?
ज्यानै दिँदा पनि त आखिर एक्लै भएकी छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button