
छातीभित्र दुख्ने घाउ आँखाले देख्ने भए किन आँसु झर्थ्यो हजुर परेलीले छेक्ने भए ?

युवराज घलेभाइ
छातीभित्र दुख्ने घाउ आँखाले देख्ने भए
किन आँसु झर्थ्यो हजुर परेलीले छेक्ने भए ।
सँगै बाँच्ने मर्ने कसम खाए पनि जिन्दगीमा
किन गर्नु त्यस्तो प्रेम डाली अर्कै टेक्ने भए ।
शितल छर्ने भर दिँदै पछयौरी ओढाएर
किन हुनु सामिप्यमा रापले सेक्ने भए ।
छातीभित्र भाको घाउको मलम पट्टी गर्छु
थाहा छैन तिमीलाई कति मैले माया गर्छु ।
मनको घाउलाई मलम पट्टी कामै लागेन
माया भन्ने शब्दै प्यारो थाहै लागेन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)