जान्न कतै बिहान उठेर, गर्छु योग कोठैमा बसेर
गणेशकुमार श्रेष्ठ
चिल्ड्रेनपार्क, हेटौडा
जान्न कतै बिहान उठेर
गर्छु योग कोठैमा बसेर ।
बजरंगी योग ध्यान गर्न अलि कठिन
कस्तो बानी पर्या होला पुगेँ म लठिन ।
जान्न कतै बिहान उठेर
गर्छु योग कोठैमा बसेर ।
ठन्डी मौसम छ र पनि पसिना तरतरी
योग ध्यान लाभ लिउँ है सधैँ यसैगरी ।
जान्न कतै बिहान उठेर
गर्छु योग कोठैमा बसेर ।
उतानो परी घोप्टो परी हात खुट्टा फाल्दै
कठिन ब्यायाम गरियो योगलाई अंगाल्दै ।
जान्न कतै बिहान उठेर
गर्छु योग कोठैमा बसेर ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)