निमोठिएको कलिलो कोपिलासँग खै कसोरी हुन्छ गुलावका कुराहरु

गोविन्द श्रृङ्खला
काठमाडौं–१४

ज्ञान खै कता ? कितावका कुराहरु,
राम्रो भित्र सूक्ष्म, खरावका कुराहरु ।

उपदेशको छैन कमी दुनियामा,
यी छरपस्ट सुझावका कुराहरु ।

छैन अपनत्व, कुण्ठा दृश्यमा यो,
आफ्नै वीच मन् मुटावका कुराहरु ।

आत्म केन्द्र बने पछि, भावशून्यमा,
हुन्छ के लौ यहाँ लगावका कुराहरु ।

निमोठिएको कलिलो कोपिलासँग,
खै कसोरी हुन्छ गुलावका कुराहरु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button