जिन्दगीमा खुसीले रमाउन सिकेको छु मैले

आँखाभरी मुटुभरी केवल …

गोविन्दराज ओझा (राजन)
दिपायल, डोटी

आँखाभरी, मुटुभरी केवल तिम्रै माया
जता हेरुँ देख्छु मैले तिम्रै तिम्रै माया ।

मेरो कल्पनामा तिमी, मेरो धडकनमा तिमी छौ
किन किन तिमीले लुकेर हेर्ने गर्छौ ?

आइदेउm तिमीले किन लज्जाउँछौ
मनदेखि माया गर्ने मान्छे किन टाढिन्छौ ?

मेरो जिन्दगी तिम्रै आशा र विश्वासमा चलेको छ
भनेर थाहा छ मलाई दुख पर्दा तिम्रो साथ पाईन्छ ।

तिमी नै मेरो हौ भन्ने सोचेको छु मैले
जिन्दगीमा खुसीले रमाउन सिकेको छु मैले ।

तिम्रो लागि प्रिया जे पनि गर्न सक्छु
हाँसी खुसी साथमा यो जिन्दगी बिताउन सक्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button