कान्छीको होटलमा ‘फोकट्या ग्राहक’लाई ‘इन्ट्री’ छैन

कथाः नयाँ ममी

सागर ‘मणि’ थापा
कीर्तिपुर–७, चोभार ओपी

‘यो मोरीको हातै मीठो छ भन्या ।’

‘यो मोरीका आखै राम्रा छन् ।’

‘ओठ हेर न ओठ, पीपलका पातभैmँ चिल्ला छन् ।’

‘मलाई त यसको साथैमा बसिरहूँजस्तो लाग्छ ।’

यस्तै यस्तै छिल्लिएका भनाइहरू सुनिरहनुपर्दथ्यो कान्छीले । उनको सानो होटलमा आउने दूषित मन भएका पुरुषहरूले व्यङ्ग्यपूर्ण शैलीमा सताइरहन्थे । कान्छी जुन कोणबाट दृष्टिगोचर गर्दा पनि राम्री लाग्थिन् । तिनीको खास विशेषता त्यही नै थियो ।

गाउँबाट पैदल हिँड्दा करिब एक घण्टाको दूरीमा पर्दथ्यो, सुन्दर बजार । बाटो त नखुलेको होइन तर मानिसहरू पैदल हिँड्नमै आनन्द मान्दथे । जग्गा हुनेहरू क्रमशः बजारतिरै बस्ती बसाउन थालिसकेका थिए । तिनैमध्येकी एक थिइन्, होटलवाली कान्छी ।

कान्छीका पनि रुमानी चाहनाहरू नभएका होइनन् । तर त्यो पूरा गर्न अग्रसर हुने पुरुष पाएकी थिइनन् । होटलमा आउने ग्राहकहरूको साइनो केवल रक्सीसँग हुने गर्दथ्यो । रक्सीसँग खाने सितनसँग हुने गर्दथ्यो । मदिराको घुट्कोसँगै कान्छीको यौवन घुट्किइन्थ्यो । अनि चपाइन्थिन् पनि, मासुको टुक्रासँगै ।

कहिले उत्ताउलो हाँसोसँगै मनोरञ्जनको साधन बन्दथिन् । कहिलेचाहिँ प्रत्येक शब्द शब्दमा खिल्ली उडाइदिन्थे छुल्याहा ग्राहकहरूले । कान्छीलाई सपनाको महल देखाउनेहरू प्रशस्तै थिए । परन्तु, एक छतको ओत दिने कोही थिएन ।

गिद्धे नजर लगाउनेहरुको लस्कर थियो तर वास्तविक मायाको आलिङ्गन तिनीले पाउन सकिरहेकी थिइनन् । कान्छी सबैको ‘साझा खेलौना’ जस्ती थिइन् । तर अपनत्व कसैको मानसपटलमा थिएन । तिनीलाई त समाजले एक ‘विकाउ माल’ को रूपमा परिभाषित गरिरहेको थियो ।

एक साँझ… ।

एकजना नौलो ग्राहक कान्छीको होटलभित्र प्रवेश गरे । त्यहाँ ‘जँड्याहा मण्डली’ को खानपिन चलिरहेको थियो । उनीहरूसँग मिसिन पुगेका थिए, मास्टर भोला तिवारी । उनका आँखाले पनि कान्छीको स्थुल अङ्गलाई छामिरहेका थिए ।
नवागन्तुकको दृष्टिगोचराइप्रति कान्छीको ध्यान खिचियो । तिनीका आँखा तन्किए । नवागन्तुकले रिसाएभैmँ गरी सवालमाथि सवाल गर्न थाले, ‘ग्राहक आएपछि पनि के लाटाले पापा हेरेभैmँ गरेकी ? मेरो सेवा गर्न पर्दैन ? कि म ग्राहक हैन ? मेरो नाम कान्छा हो । म मालपोत कार्यालयमा ना. सु. पदमा छु ।’

कान्छाको पारा देखेर नियमित ग्राहकहरूको मन भुटभुटिन थाल्यो । उनीहरू सोच्दथे, अपरिचित ग्राहकको आगमन हुनु भनेको आपूmहरूको चाकरीमा कमी आउनु हो । तिवारी माड्सावको मन त झनै साह्रो पोल्न थाल्यो ।

कान्छीले टेबलमा गिलास र बोत्तल राखिदिँदै वचन लगाइन्, ‘खालि ठाउँ मात्रै ओगट्ने हैन भोला सर । तपाईँलाई थाहै छ नि कान्छीको होटलमा ‘फोकट्या ग्राहक’लाई ‘इन्ट्री’ छैन भनेर !’

भोला सर कान्छीको नारीमा स्पर्श गर्दै भन्छन्, ‘तिमीलाई मेरो बानी थाहै छ नि कान्छी । ओके, आजदेखि म बसेको मात्र पनि पैसा तिरूँला । अब त खुस ?’

कान्छीले भोला सरको हातबाट नारी पन्छाइन् र नवागन्तुक जँड्याहा कान्छाको सेवा गर्न थालिन् । आश्चर्य ! ग्राहक कान्छा एक्कासि पट्किन थाले, ‘ह्वाट इज दिस ? यो के हो कान्छी ? के म ‘खोयाबिर्केवाला’ जस्तो देखिन्छु ? अनि यो बासी ‘भुटुन’ खाने नामुद जँड्याहाजस्तो लाग्छ मेरो अनुहार ?’

त्यसो भनिरहँदा कान्छाका आँखा पुराना ग्राहकहरूका अनुहारतिर नाचिरहेका थिए । उनले अरूहरूलाई होच्याइरहेका थिए । खिसीटिउरी गरिरहेका थिए । त्यहाँ एकजना मेजर पनि थिए । उनले मुठ्ठी कसिसकेका रहेछन् ! यद्यपि, भोला सरले गर्दा ‘फाइट’ परेन ।

त, कान्छा धाक देखाउदै भन्न थाले, ‘मलाई विदेशी ‘सिलप्याकवाला’ चाहिन्छ कान्छी । किनभने म मालपोत अड्डाको ना. सु. हुँ…।’

‘नासु हो कि मासु हो । निधारमा लेख्या भए पो चाल पाइन्छ… !’

कान्छीले रुख्खो लवजमा जवाफ दिइन्, ‘मेरो होटलमा आउने कुनै पनि पाहुनाको पुर्पुरोमा विज्ञापन—पत्र टाँसेको हुन्न सर ! यहाँ पक्षपात हुने किसिमले सेवा पनि गरिन्न र खोयाबिर्के रक्सीबाहेक अर्को पाइन्न पनि ।’ं
कान्छीको वाचाल स्वभावप्रति परिचित ग्राहकहरू प्रशन्न देखिए । तर उनीहरूको त्यो प्रशन्नता धेरै बेर टिकेन । कान्छाले कान्छीलाई क्षणभरमै आफ्नो पक्षमा पारिहाले ।

मेजर उदीप्तसिँह ठकुरी उठेर गई कान्छाको टेबलको ‘सिलप्याक बोत्तल’ उठाएर हेर्न थाले । तब असन्तुष्टि प्रकट गरिहाले, ‘यो के हो कान्छी ? मैले विदेशबाट ल्याएर ‘गिफ्ट’ दिएको बोत्तल तैँले बेच्न थालेकी ? यो राम्रो काम गरिनस् कान्छी !’

‘मेजर साप पनि अचम्मकै कुरा गर्नुहुन्छ …!’

कान्छीले मीठोसँग जवाफ दिइन्, ‘मलाई सुम्पेको चीज मेरो स्व–इच्छाले विक्री गर्न नपाउने ? हजुरले यसमा आपत्ति जनाउनु पर्ने कुनै कारण छैन मेजर साहब ।’

एक दिन साँझको कुरा हो… ।

भोला सरले कान्छीसँग मुखै फोरेर प्रस्ताव राखे, ‘कान्छी ! तिमी अब होटल चलाउन छाडिदेऊ । म अरूभन्दा शिक्षित पनि हुँ । बुद्धिमान् पनि छु । म तिमीसँग बिहे गर्न चाहन्छु ।’

‘हुन्न हुन्न कान्छी !’

कान्छाले हत्त न पत्त भाँड्ने चेष्ठा गरे, ‘यो सर एक विवाहित पुरुष हुन् । तिमी उनको मोहजालमा नफस कान्छी ।’

यस्तैमा मेजर ठकुरीको आगमन भयो । उनी पनि कुरै नबुझी कराउन थाले, ‘तँ बौलाइस कि क्या हो कान्छी ? भोला सर नाम मात्रका भोला हुन् । तेरो जीवन बरबाद नपार् है ।’

भोला सरलाई झनक्क रिस उठ्यो र बम्किए, ‘तपाईँ बीचमा नबोलेकै जाती हुन्छ मेजर साहब । कान्छी र मेरो निजी कुरामा किन भाँजो हाल्नुहुन्छ हँ ? मेरो बारेमा कान्छीलाई जम्मै कुरा थाहा छ । म यिनीलाई बिछट्टै माया गर्छु ।’

मेजरले कान्छीलाई बाहुलीमा सपक्क कसेर लोलोपोतो देखाउन थाले । कान्छीले मनको लालसा व्यक्त गरिन्, ‘मेजरसाप ! म यस्तै न्यानो माया चाहन्छु हजुरबाट । मलाई हजुरले अपनाउनोस् । जाँड–रक्सी बेच्ने कामबाट म वाक्क दिक्क भैसकेँ मेजर साप ।’

‘चुप लाग् बाइफाले…!’

भो त अब ! मेजरको क्रोधले भाँडाकुँडाहरू रननन्न बज्न पुगे ! कान्छीलाई परतिर हुत्याइदिँदै धूलोको उपमा दिए । कान्छीले ‘जूनलाई छुन खोजेकी’ आरोपसमेत लगाए । त्यति मात्र कहाँ हो र । जसको छाती चौडा देख्छे, उसैकी स्वास्नी बन्ने दाउ गर्छे रे !

अन्ततः कान्छी ना. सु. कान्छासँग जाने भइन् । तिनी असाध्यै प्रफुल्लित थिइन् । कति उदार भएकी कान्छी ! बिहेको खर्च पनि आपूmले नै व्यहोर्ने भइन् । यद्यपि, कान्छाको मनभित्र कलुषित भावना जागृत भइरहेको थियो । कान्छाले कान्छीलाई लैजाने भएपछि भोला सरलाई असह्य भयो ।

अर्को दिन बिहान भोला सर स्कुलै नगई कान्छीलाई सम्झाउन पुगे । उनको टिप्पणी थियो, ‘ना. सु. सँग जाने भएपछि त हामीलाई किन मान्छे गन्थ्यौ हगि ? ममा केको कमी देख्यौ तिमीले ? फसाऊला है मालपोतको सुब्बाले । सानो मान्छेले ठूलो सपना नदेखेकै राम्रो हुन्छ कान्छी ।’

कान्छी साफसँग जागिन् ! कान्छाको वचनवद्धताबाट तिनीलाई ठूलो हौसला मिलेको थियो । कान्छीले चेताउनी नै दिइन् । आइन्दा जसले कान्छाको कुरा काटेको सुन्छिन्, उसलाई होटलभित्र पस्न दिने छैनन् । त्यति मात्र कहाँ हो र । कान्छीले त जिब्रो थुतिदिनेसम्मको धम्की दिइन् !

त्यसो त कान्छीलाई मर्नु न बाँच्नु भैसकेको थियो । ग्राहकहरू लाजभाँडका गफ सुनाइरहन्थे । ठाउँ—कुठाउँ स्पर्श गर्दा र चिमोट्दासमेत चुपचाप सहिदिनु पर्ने ! कान्छी बिरामी नहोस् तर सेवा गरिरहोस् रे ! बिहे पनि नहोस् तर रमाइलो गर्न पाइरहून् रे !

अचम्म भो ! चुनावको उम्मेदवारले जस्तैगरी ना. सु. कान्छाले सबै विपक्षीहरूलाई आफ्नो पक्षमा पार्न सफल भए । सबैलाई बिहेको भोज खुवाइदिए । उनीहरूकै रोहबरमा कान्छीसँग बिहे पनि गरे । यद्यपि, भोला सरचाहिँ संलग्न भएनन् ।

तर…तर…तर…! अफसोस ! कान्छाको घरको दैलो नटेक्दै कान्छीको सपनाको महल गल्र्याम गुर्लुम भत्कियो ! कान्छाको त पहिल्यै दुइटी श्रीमती रहेछन् !

कान्छीले बेसरी झपारिन्, ‘तेरो यत्रो यमजाल ! दुइटा गोठले नपुगेर फरि अर्को गोठ भर्ने आँट कसरी गरिस् तैँले ? मलाई कमारी बनाउन ल्याएको ? मेरो सम्पत्ति खान खोजेको ? लौ खा त !’

तिनीले ढोकाको आग्लोले कान्छाको टाउकोमा बजाइदिइन् । पालीको मेठमा घुसारिरहेको हँसिया हातमा लिएर नचाउन थालिन् ।

त्यो घटनाको बारेमा वनको डँढेलोभैmँ सबैतिर हल्ला पैmलियो । भोला सर, मेजरलगायतका मानिसहरू कुदेर आइपुगे । उनीहरूकै अगाडि कान्छाले कान्छीको हातमा समातेर घरभित्र लैजान खोजे । कान्छीका मान्छेहरूलाई धम्क्याए पनि ।

अन्ततः त्यही घटना भयो, जो कान्छी चाहन्नथिन् । कान्छीले फेरि बिहे गरिन्, होटलका ग्राहकहरूको रोहवरमा ।

कान्छीले आँखामा टलपल टलपल आँसु पारेर सोधिन्, ‘भोला सर ! मलाई अलपत्र पारेर छाड्ने त होइन तपार्इँले ? मलाई धोखा भो भने त यही दैलोमा बोको सेरिएभैmँ सेरिएर मर्दिन्छु नि म त !’

‘धेत् ! यस्तो कुरा पनि गर्ने हो ?’

भोला सरले पाठ पढाउन थाले, ‘आफ्नो अधिकार खोसियो भने त बाहुबल लगाएर लड्छु पो भन्नुपर्छ । सेरिने कुरा पनि गर्ने हो ? आपैm मरेपछि त संसारमा के नै बाँकी रहन्छ र कान्छी ? म तिमीलाई गुनासो गर्ने मौका दिने छैन कान्छी । मेरो विश्वास गर ।’

सुहागरातको कोठामा कान्छीले मास्टरको छातीमा मायालु मुड्कीले ढुकढुकाउँदै भनिन्, ‘तपार्इँले त भन्नुहुन्थ्यो नि, छोरो छैन भनेर । एउटा त रैछ त ! छोरो भैकन पनि छैन भनेभैmँ पोइला गएकी जेठी स्वास्नी पनि फर्केर आइन् भने के गर्ने मैले ?’

मास्टरले सम्झाए, ‘केही नगर्ने तिमीले । मात्र एउटा सन्तान जन्माइदेऊ ।’

उनीहरूको दोहोरो संवाद सुनिसकेपछि ढोकामा उभ्भिरहेको नाबालक छोरा विश्वासले सोध्यो, ‘ड्याडी, ड्याडी ! तपैँले कस्लाई ल्याउनुभएको ?’

उसको सवालको जवाफ दिन नपाउँदै बाह्र वर्षीया जेठी छोरी आएर झपार्न थालिन्, ‘मेरी ममीलाई पोइल गई भनेकी तिमीले ? घरभित्र पस्न पाएकी छैनौ ‘स्टेप मदर’ को कुव्यवहार देखाइहाल्यौ होइन ?’

‘सजला ! तिमी चुप लाग नानी ।’

बुबाले सम्झाए, ‘अब ममी भन्नुपर्छ तिमीहरूले कान्छीलाई । मेरो रहरले यिनीसँग बिहे गरेको हैन नि मैले । तिमीहरूको उचित स्याहारका लागि ल्याएको हुँ ।’

सजला फेरि ठस्किइन्, ‘चाहिँदैन हामीलाई अर्की आमा–सामा । आइज भाइ । भोलि नै म, तँ र तेरी सान्दी मिलेर मामाघर जानुपर्छ ।’

अहँ, भाइले मानेन । ऊ भन्दै थियो, ‘नाइँ, नाइँ । म त मरो नयाँ ममीसँगै बस्छु ।’

विश्वास कान्छीसँगै टाँस्सिन गयो । सजलाचाहिँ फन्किँदै अर्को कोठातिर गइन् । सरले कान्छीलाई सबै कुरा मिलाउने आश्वासन दिए । कुनै दिन एक थोपा पनि आँसु बगाउन नपर्ने वचन पनि दिए ।

एक दिन स्कुलको खाली समयमा भोला सर हेडसरको कार्यकक्षमा थिए । त्यहाँ अरू तीजना शिक्षक साथीहरू पनि थिए । एक महिला शिक्षकले चिन्ता प्रकट गरिन्— ‘भोला सरले कान्छीसँग दोस्रो विवाह त गर्नुभयो । तर मलाई लाग्दैन कि कान्छीले तपाईँका सन्तानको राम्ररी हेरचाह गर्ने छिन् ।’

हेडसरले टिप्पणी गरे, ‘हरेक कुरालाई गलत व्याख्या गर्न हुन्न म्याम ।’

फेरि अर्को शिक्षकले समीक्षात्मक टिप्पणी गरे, ‘विवशताको नाम कुन्नि के भन्छन् नि । हो, भोला सरलाई त्यस्तै परेको छ । ‘होटलवाली’ भए पनि कान्छीले बानी सुधारिन् र बच्चाहरूलाई जन्मदिने आमाको अभाव खड्किन दिइनन् भनेचाहिँ भोला सरको नयाँ घर–संसार सुन्दर बन्न बेर नलाग्ला ।’

फेरि हेडसरको सकारात्मक भनाइ सुनियो, ‘मलाई पनि त्यस्तै लाग्छ । अलिकति अप्ठेरो भनेको कान्छीको रहरसँग सम्बन्धित छ । खै, भोला सरले कसरी मिलाउनुहुन्छ ?’

राति सुत्ने बेलामा कान्छीले पतिको हात समातेर वचन दिइन्, ‘मलाई नयाँ सन्तानको रहर छैन भोला सर । अब मेरा लागि यिनीहरू नै मेरा सन्तान हुन् । बरु मलाई यो कुरामा पछुतो छ कि मैले सरको चोखो मायालाई कहिल्यै चिन्न सकिनँ ।’

भोला सर निकै भावुक हुन पुगे र भन्न लागे, ‘त्यसो नभन कान्छी । जे कुरा पनि समयले तय गर्छ । म त्यति धेरै कृतघ्न पनि त छैन जसले एउटी महिलाको आमा हुन पाउने नसर्गिक अधिकारको हनन् गरोस् । कमसे कम एउटा बच्चा त…।’

‘भो भो ! अब अरू कुरा नभन्नोस् ।’

हत्त न पत्त कान्छीले पतिको ओठ थुन्दै भनिन्, ‘मलाई यस्तो अप्ठेरो अवस्थामा आश्रय दिनुभयो । मेरा लागि यही नै ठूलो कुरा भैसक्यो सर । बरु जेठी छोरीलाई राम्ररी सम्झाउनोस् न । उसलाई उसका साथीहरूले भड्काउन सक्छन् ।’

समाज भनेको त्यस्तै त हो । थोरै जाती हुन्छन् । धेरै नजाती । भोला सर र कान्छीको उमेरको अन्तर पनि चर्चाको विषय बन्यो ।

दिउँसो भोला सर किस्न दाइको चिया पसलको बाटो हुँदै घर फर्किरहेका थिए । किस्न दाइले नमिठोसँग भने, ‘के हो भोला सर ! होटल साहुनीलाई घरमा ल्याएपछि त तपाईँ गाउँतिर हिँड्नै छाड्नुभयो ! होटलको ‘सिलप्याक’ अभैm बाँकी छ र भन्या ?’

उनको कुरा सुनेर क्यारेम खेलिरहेका केटाहरू गललल्ल हाँसे । भोला सरले चिया मगाए । किस्न दाइको छुच्चो मुख फेरि चल्यो, ‘घरकी स्वास्नी पोइल गई भन्दैमा कोरेली बाच्छीजस्ती कान्छीसँग बिहे गर्न सुहाउँछ तिमीले ? आफ्नो उमेरको ख्याल गर्न पर्दैन ? फेरि त्यो पनि अर्काले बिहे गरेर लगिसकेको केटी । यही हो मास्टरको इज्जत ?!’

मास्टरलाई झनक्क रिस उठ्यो र यसो भन्दै फन्केर हिँडे, ‘खान परेको छैन तिम्रो पसलको चिया–सिया । बढ्ता मुख चलाउने, सडियल !’

भोला सर रन्थनिएर घरको आँगनमा पुगे र कराउन थाले, ‘कान्छी ! ए कान्छी !’

कान्छी उता धारामा लुगा धुँदै रहिछन् । छोरो पनि तिनीसँगै थियो । केटो ‘नयाँ ममी’ भन्दै निकै झ्यामिन्थ्यो । कान्छीले हात पखालेर छोरालाई डो¥याउँदै आँगनमा आइन् र सोधिन्, ‘के भयो सरलाई ? म यहीँ त छु नि । किन घोक्रो सुक्ने गरी बोलाउनुभएको ? आज पनि कसैले केही सुनाए सरलाई ?’

सरले तनावमा भने, ‘खै त्यो एक बोत्तल र गिलास लिएर आऊ त । आज म दिउँसै ‘मापसे’ गरिदिन्छु ! यसै नजाती म, उसै नजाती म ।’

‘धेत् ! टिचर भएर यस्तो नचाहिने सोचाइ पनि राख्ने हो ! कहिले नपिएको झोल किन पिउने ? त्यही पनि मैले सबै शिशीहरू फाल्दिसकेँ ।’

कान्छीले मायालु हप्काइ गरिन् र एक मीठो चुम्मा दिइन् । कान्छी फेरि धारातिर लागिन् । भोला सरले लुगा फेरेर धारामा आई भन्न लागे, ‘अब हामी गाउँ छाडौँ कान्छी । गाउँलेले हामीलाई बसी खान दिने भएनन् ।’

कान्छीले व्यङग्यात्मक सवाल गरिन्, ‘बल्लतल्ल नर्कबाट निकालेर स्वर्गमा ल्याउनुभएको थियो । फेरि नर्कैतिर धकेल्ने विचार गरेको सरले ? म त यो घर छाडेर कतै जान्नँ ।’

राति सुत्ने बेलामा कान्छीले सोधिन्, ‘तपाईँले परिवार नियोजन गरिसक्नुभयो सर ? एउटा मात्र भए पनि तिमीलाई आफ्नो बच्चा चाहिन्छ’ भनेर मलाई छिमेकीहरूले हैरान पारिसके ।’

‘छोरा कि छोरी ?’

लोग्नेबाट प्रतिप्रश्न सोधियो । कान्छीले ठट्टा ठानिन् र पलभर आ“खा तरिन् ।

भोला सरले साँचो कुरा बताइदिए, ‘हेर कान्छी ! असी–नब्बे वर्षका बयोवृद्धले पनि सन्तान जन्माएका छन् । मबाट फेरि पनि बच्चा नहोेला भन्ने छैन ।’

कान्छी एक्कासि द्रविभूत भइन् । अहँ, तिनीले आफ्नो पहिलेको निर्णयलाई बदल्न मानिनन् । त्यस उसले गर्दा कान्छी पतिभन्दा पनि बढी महान् बन्ने कोसिस गर्दै थिइन् ।

कान्छीले खेतीपाती, घाँसदाउरा, मेलापात र पानी–पँधेरो सबैतिर भ्याएकी थिइन् । तिनीको परिश्रम र उदारता देखेर मानिसहरू चकित परे ! अब त जेठी छोरी पनि कान्छीसँग रत्तिन थालिन् ।

साँझको खाना खाने बेलामा बुबाले सोधे, ‘अब त परीक्षाको घडी सकियो होला नि छोरी ? कान्छीलाई ममी मात्र भने हुँदैन र ?’

केटाकेटीहरूले केही बोल्नुभन्दा अगावै कान्छीले भनिन्, ‘के बिग्रेको छ र सर ? होस्, मलाई यिनीहरूले ‘नयाँ ममी’ भनेकै ठीक लाग्छ । यही भनेर बोलाऊन् । म खुसी छु ।’

भोला सरले बच्चाहरूको अनुहार पालैसँग निहारे । अनि देखे, उनीहरूको मुहारमा अपार आनन्दको चमक । त्यसपछि उनका र कान्छीका आँखा चार भए । ती जोडी आँखाहरूमा अपरिमित मायाको छायाँ टिलपिलाइरहेको थियो । टिलपिलाइरहेको थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button