धेरैपछि लेख्न मन लाग्यो, कापी कलम खोज्न मन लाग्यो

प्रज्ञा अर्याल

धेरैपछि लेख्न मन लाग्यो
कापी कलम खोज्न मन लाग्यो
गलेको मनले चालेको कदम
विराउँछु कि कतै मुटु काम्न थाल्यो ।

सून्य मस्तिष्कले सोचेका कुरा
मिलाउन सक्दिन पंक्ति र भाव होला
दर्पण हेर्न डराउँछु छाया देख्दा तर्सन्छु
धिपधिपाई रहेछ दियो अहिल्यै त निभ्दैन होला ।

मकाई रहेछ साथको लौरो
टेक्न खोज्दा भाँचिने डर भो
मिल्दैन लड्न र लर्खराउन
जिन्दगी जब एकबाट अनेक जो भो ।

उभिन खोज्दा जमीन देख्दिनँ
पर्दा उघारी हेर्दा प्रकाश हुन्न
आफै भित्रबाट आफूलाई निकाल्न खोज्छु
खोइ किन हो कुन्नि मसँग पावन्दीको चाबी नै हुन्न ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button