प्यासी !

पुनेश कोइराला

भदौरे घामको रापमा
पिउने पानीको लालसा
गर्दै भौतारिदैछ प्यासी ।

परबाट जलभण्डार लाग्ने
फगत मीराजरुपी भ्रम
आलस–तालस, आकुुल–व्याकुुल,
बेचैन जस्तै जल वियोगमा
काकाकुुल रुखका टोड्का भित्रको
स्थिर तरलतामाथि दृष्टिगोचर गर्दै छ प्यासी ।

पीडुँला फत्रक्क भै शरीर रुख ढलेझैं
‘गल्र्याम्म…’ ढल्न लाग्दा ठण्डा सोचको
बाढी ल्याउने ताकमा छ प्यासी ।

कल्पिदै छ मकैबारी बिच्चको पिल्सिने
गर्मीमा अचानक टप्किएका सिमसिमे
थोपाहरुले घरी तालुु, घरी पिठ्यौ,
घरी छाती संग लक्ष्य साँध्दै
सकल देह सिञ्चित गरेको ।

उद्देश्य प्राप्तिका निम्ति सखुुवाको बुुढो बोट झैं
अनवरत कठ्याङ्ग्रिने ठिही, हड्डी पगाल्ने ताप,
आँधी, भेल, चट्याङ्ग सहने ध्येयमा छ प्यासी ।

गोडा लागुुञ्जेल, प्राण रहुुञ्जेल
मस्तिष्क दिग्भ्रमित नहुुञ्जेल,
साम, दाम, दंण्ड, भेद एवं नाना
तिगडम लाएर नै जीवन चक्रमा
जल प्रवाह गराउनेमा उ ढुुक्क छ ।

अनन्त प्यास मेटाउन परे
नंग्रैले बाँजो धर्ती फोर्र्न, निःसस्त्र
भै सिंहलाई लल्कार्न, बन्दुकका
नाल बङ्ग्याउन, एटम बमको
ताप सोस्न, कालकोटको प्याला तनतनी पिउन,
स्वयंम यमराजलाई धावा बोल्न,
अनि त्यो अन्नमय कोषका अनगिन्ती
विकारहरु मेटाउँदै इन्द्रियको सम्पुर्ण
भेद महसुुस गर्न तयार छ प्यासी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button