नखाउँ भने यहि एउटा जागिर हो, खाउँ भने नि घर न घाटको भो

गीत

सुशीला शर्मा
दमक, झापा


यो मुटुको ढुकढुकी बढ्न थाल्यो दिनरात,
आऊ न अब घरमा बसौं परिवार एकसाथ ।


मलाई पनि घरबाट टाढा बस्न मन कहाँ छ र,
तड्पिएर बाँचेको छु कसले पत्याउँछ छ र ।
घरमै बसौँ भन्दा पनि चल्दोरैन घरब्यबहार,
गर्नुपर्दो रैछ सबले केहि न केहि त रोजगार ।

नखाउँ भने यहि एउटा जागिर हो,
खाउँ भने नि घर न घाटको भो ।


जिन्दगीमा आउदोरैछ यस्तो पनि कुनै दिन,
परिवार नि बन्दोरैछ कहिलेकाँहि त मूल्यहिन ।
जोरीपारी कुरा काट्छन् सम्बन्धका सवालमा,
धैर्यताको बाँध टुट्छ प्राय: सवालका जवाफमा ।

नखाऊ भने यहि एउटा जागिर हो,
खाऊ भने नि घर न घाटको भो ।


घरको मात्र होइन मेरो जिम्मेवारी देशको पनि,
मेरो साथ सधै तिमीलाई बिश्वाश र माया पनि ।
सुम्पेको छु घरब्यबहार तिम्रै छ हातमा,
सम्हालेर बस तिमी परिवारका साथमा ।

नखाउँ भने यहि एउटा जागिर हो,
खाउँ भने नि घर न घाटको भो ।


राम्रोसँग थाहा छ मलाई जिम्मेवारी बुझेका छौ,
दोहोरो छ दायित्व यसैले त सकसमा परेका छौ ।
ब्यस्ततमा बित्छ दिन त बरू छटपटीमा रात,
कहिले देखि बस्न सक्छौ परिवार एकसाथ ?

नखाऊ भने यहि एउटा जागिर हो,
खाऊ भने नि घर न घाटको भो ।


ब्यस्ततमा बित्छ दिन त बरू छटपटीमा रात,
लक्ष्य पुरा भएपछि बसौला परिवार एकसाथ ।

नखाउँ भने यहि एउटा जागिर हो,
खाउँ भने नि घर न घाटको भो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button