
देश डुवानतर्फ लागिसक्यो, अहँ कसैलाई छुँदै छुँदैन
सानियाँ कँडेल
राष्ट्रप्रेमी व्यक्ति म
विदेश पलायन हुने कुन बेला सोच्न पुग्छु
थाहै भएन
मनमा अनेकौँ आकांक्षा भए पनि
कतिबेला लत्याउन बाध्य भएँ
होसै भएन
कर्णधार मानिएका विद्यार्थीहरुको
डामाडोल भविष्यको
कसैलाई चिन्तन भएन
ए मेरी नेपाल आमा,
देश र जनताका निम्ति चुनिएका ती नेता
हामीलाई कामै भएन ।
न त रून नै सकियो
न त खुलेर हाँस्न नै सकियो
पढाई र देश भन्दै आधा-उधी उमेर पनि झिमिक्कै सकियो
कसलाई सुनाउने यो गुहार ? कहाँ भन्ने ? खयालमा परियो
लौ न नि आमा,
दोधारमा दुई ढुङ्गाबिचको तरूल नै पो भइयो ।
खाई नखाई हुर्काएको तल्ला घरे श्यामु
आफ्नालाई आश्रम लग्दै छ रे
कसले धेरै लुट्ने कसले धेरै थुपार्ने भन्दै
देश पनि लुटिँदै छ रे
अझ रोजगारीको अभानले पिल्सिएर
युवा शक्ति बाहिरीएका छन् अरे ।
जसले जे गरे पनि हुन्छ यहाँ
कसैलाई बालै हुँदैन
देश डुवानतर्फ लागिसक्यो
अहँ कसैलाई छुँदै छुँदैन
न्याय अदालतको काम पनि किन हो
समयानुकूल हुँदै हुँदैन
नेपाल-नेपालै नरहँदा पनि
मातृत्वको भावले खै कसैलाई छुँदै छुँदैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)