
उड्यो जहाज जसमा सवार छन् हजार युवक र जस्को भार देशले थाम्न सकेन
प्रजेश खड्का
यो सपनाको सहरबाट
भर्खर उड्यो एउटा जहाज
जसमा सवार छन्
हजार युवक
जस्को भार देशले थाम्न सकेन
जस्लाई
देशले सम्हाल्न सकेन
म त्यही युबाको भिडबाट चिच्याउँदै छु
थाहा छैन कुन दिन
म त्यहि जहाज चडेर
मेरो जवानी बेच्न जानुपर्छ
तर
मेरो सानो आवाजलाई
जहाजको ठुलो आवाजले दबाइदियो
र त
देशलाई भार भएका युवाको आवाज
देशलाई भार बोकाइरहेका शासकहरुले सुनेनन् ।
ए शासकहरु हो
एकपटक सुन
ती युवाहरुको आवाज
यो युगको आवाज
आफ्नो विदाइमा
आफ्नै मान्छेको रुवाइ सुनेका
क्रोधहरुको आवाज
जस्ले हररात तिम्लाइ सरापिरहेछन्
हरदिन तिम्लाइ मनमनै मारिरहेछन् ।
त्यो ठुलो जहाजमा
ठुलो खुसी किन्न
लाखौं सपना पूरा गर्न
कैयौं दुखहरु मेट्न
आफ्नो प्यारो मनहरुलाई छाडेर
हजारौं माइल टाढा पुगेका
सम्पूर्ण मनहरुको सम्पुर्ण सपना
समयमा पूरा होस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)