
अनुमतिबिना खस्ने आँशु मलाई प्रिय लाग्छन् त म के गरौं ?
सोम्नु राई
बेखबर हराएको ती सपनाहरु
अनुमतिबिना खस्ने ती आँशुहरु
मलाई प्रिय लाग्छन् त म के गरौं ?
विविध परिधिहरुभित्र कोचिएका
निमोठिएका चिमोठिएका र कोपरिएका निला धब्बाहरु
गर्जिन नपाएर सुक सुकाउदै गरेका
मलिन स्वरहरुलाई नतड्पाउनु
बिन्ती छ, प्रमाण र साक्षी आफै हुँ भन्नेलाई त न्याय देऊ ।
यहाँ अधिकार हातमा लिएर
अन्याय गर्नेहरुको बिगबिगी छ र त
जेल नेल र हत्काडीहरु निराश छन्
फेरि फन्दामा निमुखा पर्दैछ भनेर ।
यहाँ राती मारेर राती नै सबुत मेटाउनेहरुको अखडामा परेकाहरु
जीवितै मर्ने गरेका छन् बिनाकारण
किनकि उनी आफै प्रमाण हुन मेटाउन सक्दैनन आफै साक्षी हुन
अरुले बताउन सक्दैनन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



