चियाः एक गज्जबको कविता

गीत लामिछाने

झुल्केको घामसँगै
झुल्केका मेरा बहानाहरु पुरानै थिए
अस्ताएको घामसँगै
झुल्किने मेरा रहरहरु नवीन हुनेछन् ।

उही झुल्केको घाम
उही बहाना
सुरुप
सुरूप
सुरुप्प
चियाको कप
पहिलो चुस्की
छेउमा रहेको सादा पाना
अनि, ओझेल हुनै लागेको कलम ।

कोही नहुँदा ऊ मेरो भइदियो
सबै हुँदा समेत ऊ मेरो भइदियो ।

आजको परिपेक्षमा
कोही नहुँदा भइदिने मात्र असल साथी हैनन्
असल साथी ती पनि हुन्
जो सबै हुँदा समेत आफ्नो भएर रहिदिन्छन्
ऊ दुवै परिस्थितिमा मेरो भएर रहिदियो ।

मलाई औधी प्रेम छ ऊसँग
उसको र मेरो प्रेम प्रसङ्ग औधी रोमाञ्चक छ
छाता र घामको जस्तै
छाता र पानीको जस्तै ।

उसलाई त्यति नै धन्यवाद
जति धर्तीले चन्द्रमालाई दिन्छ
धर्तीले सूर्यले दिन्छ ।

कोही नहुँदा सँगै भइदिने
यो संसारमा तिमी
सबै हुँदा समेत मेरो साथमा भईदिनु है
अरूले कुप्पी बालिदेलान
तिमी कुप्पी देखाइदिनु है
अस्ति जस्तै
हिजो जस्तै
आज जस्तै
सधैंसधैं ।

मेरो लागि तिम्रो खास दिवस
एकदिन मात्र हैन
सधैँ हो
भोलि पनि
पर्सि पनि
अनि मेरो अस्तित्व नहुँदा पनि
म तिम्रो हुँ
तिमी मजस्ता हजारौँको हौ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button