माया अतित भैदिन्छन् भावनाले धोखा पाएपछि

अलि अलि माया दिनु

ज्योति पाख्रिन

अलि अलि माया दिनु
हृदयको भित्रि तहबाट
पोखिदिउँला वेदनाहरू
आँसु झार्दै गहबाट ।

भावनामा बगिनहिँड्नु प्रिय
मुटु सार्है सार्है दुख्छ
पलभरमै आँसु पनि
खोली बनी बग्ने रैछ ।

झुठो सपना नदेख्नु प्रिय
क्षणभरमै टुटी जान्छ
लाख कोशिश गरे पनि
छुट्ने माया छुटी जान्छ ।

पिडाहरू बल्झिदिन्छन्
मुटुले चोट खाएपछि
माया अतित भैदिन्छन्
भावनाले धोखा पाएपछि ।

मैन जस्तै आफैभित्र
खिईंदै जलिरहनु पर्छ
धिपधिपे दियोको उज्यालोसँगै
पल पल मरिरहनु पर्छ ।

अलि अलि माया दिनु
हृदयको भित्रि तहबाट
पोखिदिउँला वेदनाहरू
आँसु झार्दै गहबाट ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button