तपाईंले पढाएको सत्य हो, सबै विद्यार्थीले बुझेका छन् भन्ठान्नु भ्रम हो

कविताः भ्रम र सत्य

पेशल आचार्य

कक्षामा
शिक्षक पढाइरहेका थिए
उनले पछिल्लो बेन्चको
विद्यार्थीलाई सोधे–
‘भन त फलाना
सत्य र भ्रममा के फरक छ ?’

फलानोले भन्यो–
‘अहिले तपाईं पढाइरहनु भएको छ
यो सत्य हो
तर सबै विद्यार्थी बुझिरहेका छन्
भन्ठान्नु भएको चाहिँ भ्रम हो
मेरो ध्यान
आज घरमा जन्मेको
बाख्राको पाठो कसरी उफ्रिँदै छ
भन्ने सोचिरहेको छ ।’

हो, सत्य र भ्रम भनेकै यही हो ।

शिक्षक नाजवाफ भए
सोचे–
‘कहिलेकाहीँ भ्रमचाहिँ सत्य र
सत्यचाहिँ भ्रमजस्तो देखिने
एकछिन त दुवैले
असिम आनन्द दिने रहेछन् ।’


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button