आर्थिक पत्रकारको कविताः सरकारलाई प्रश्नैप्रश्न

मदन लम्साल

किसानलाई मल दियौ ?
जनतालाई जल दियौ ?
उद्योगलाई बल दियौ ?
समस्यामा हल दियौ ?

कानुनकोे डर दियौ
स्वास्थ्यमा भर दियौ ?
बिचौलियालाई रोेक्न सक्यौ ?
भ्रष्टाचारलाई छेक्न सक्यौ ?

रोजागारी नयाँ ल्याउन सक्यौ ?
कुन काम समयमै भ्याउन सक्यौ ?
बढ्दो महँगी रोक्न सक्यौ ?
कालाबजारी छेक्न सक्यौ ?

न्यायमा पहुँच सहज पु-यायौ ?
नियुक्तिमा नियम सुधार्यौ ?
शहर सपार्यौ कि गाँउ सपार्यौ
कि जहाँ छोयो त्यहिं बिगार्यौ ?

ठूला योजना थाल्न सक्यौ ?
संकटमा निमुखा पाल्न सक्यौ ?
उपचारको जिम्मा लिन सक्यौ ?
सामाजिक सुरक्षा दिन सक्यौ ?

स्वदेश सुधार्यौ कि विदेसमा सपार्यौ
कमाउन जानेलाई जहाँतहिं लघार्यौ
नातावाद फलायौ कृपावाद फुलायौ
जनतालाई केवल भाषणमै भुलायौ

नाताबादकै बाली लगायौ
कृपाबादकै आली लगायौ
तस्करीकै फूल फुलायौ
भ्रष्टचारकै बरु मुल फुटायौ

लोकतन्त्रको मर्म बिचार्यौ
कि पद्धतिको ढंग सुधार्यौ
समाजवादी सडक समायौ
कि पूँजिबादी बाटो बनायौ ?

संकटमा के के काम सल्टायौ
ब्याप्त तस्करी आम पल्टायौ ?
के के गर्यौ के के गरायौ
कि आफ्नैका नै भुँडी भरायौ ?

जनताले कमाए कि आफैं कमायौ
सुख बाड्यौ कि आँफैमा रमायौ
गरीबि हरायो कि योजना हराए
देशले के पायो, जनताले के पाए ?

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button