
बसाएको छौ भने त्यो दिलमा मेरी माया किन भन्न सक्दैनौ ?
भन्न सक्दैनौ?
सुष्मा खत्री ‘सुक्ष्म’
बगेको आशुॅ यो बलिन्द्र धारा
थोपा कति झरे गन्न सक्दैनौ !
परेको मुटुमा यो चोट सारा
दुख्यो कति किन भन्न सक्दैनौ ?
लुकाएको ब्यथा अनुहारमा
अन्दाज त्यो लगाउन सक्दैनौ !
पोखिएको मुस्कान यो ओठमा
बनावटी किन भन्न सक्दैनौ ?
लगाएको माया यहि मुटुमा
महशूस अझै गर्न सक्दैनौ !
बसाएको छौ भने त्यो दिलमा
मेरी माया किन भन्न सक्दैनौ ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
