मलाई आफ्ना आँखाभन्दा राम्रा कसैको लागेन

कविता

ओजश्वी किरण दवाडी

मलाई आफ्ना आँखाभन्दा राम्रा
कसैको आँखा लागेन
सायद यी आँखाले अरू देख्न पनि चाहेन
तर जुन दिन तिम्रा आँखामा
तिम्री मायालुको लागि छायाँ देखें
त्यो दिनबाट
आफ्नै प्रतिबिम्बले मलाई झुक्याएको ठानेँ ।

तिमीलाई लाग्दो हो
यो सब दुई दिनको खेल त हो
सायद दुई दिनको खेल हुन्थ्यो भने म बदलिन्थें
ती हावाका वेगजसरी आफ्नै लयमा ।

तिमीलाई तिम्रो अनुहारमा हराएझैं लाग्दो हो
म त तिम्रो बोलीमा मग्न थिएँ
चखेवा माया वा एकतर्फी माया भन
हो, मलाई मैरै आँखा मन पर्थे
तर तिम्रो आँखामा
तिम्री मायालुको छाँया देखेपछि
मलाई फिक्का लागे मेरै चम्किला आँखाहरु ।

म भन्दिनँ
मेरा चम्किला काला आँखाको बयान गर
म भन्दिनँ
तिमीलाई आफ्नो रङ्गमञ्चमा लैजाऊ
मेरा लागि त
तिमीलाई परबाट हेरेकै पल प्रिय लाग्छन् ।

तिम्रा हरेक पाइलासँग हिँड्ने सपना छैनन् मेरा
बस्, तिमी डगमगाउँदा तिम्रो ढाल बन्न सकुँ
फुर्सद मिल्यो भने आउनु मलाई भेट्न दोबाटोमा
ठिकै छ तिमी कहिले नहुनु मेरो
के गर्नु त ?

यो मनले पनि तिमीलाई बाहेक अरूलाई रोज्न चाहेन
आँखाले पनि तिमीलाई छोड्न चाहेन
मलाई मेरो आँखा राम्रो लाग्थ्यो
र, मन पर्थ्यौ तिमी
होइन रहेछ ।

Advertise
Hike & Write

तिम्रा आँखामा सलवलाइरहने
छाँयाले सिकायो मलाई
आफैंमा भर गर
आफ्नालाई भर गर ।

तिमी जाऊ, अगाडि बढ
म पछाडि बसेर ताली पिट्नेछु
तिम्रो लागि हुन नसके पनि
कहानी बुन्नेछु
मेरा आँखामा पनि
मेरी आमाले झैं
मायाको छायाँ उतार्नेछु
र, सम्झिरहनेछु
एकजोर ती मायालु आँखा
जो, मलाई सपना देखाइरहन्छन्
सायद ती दिन
मेरो माया रित्तिएको होस्
तर विश्वासमा फक्रिरहोस् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button