
जिन्दगीको जीत भइदियो, मेरो हार
कविताः जिन्दगी
रिता खनाल
जिन्दगी एक पटक पाइने चीज
कसैको जिन्दगी खुसीसाथ बितेको छ त कसैको दुखैदुख
कसैलाई आलिशान महल त कसैको झुपडी
कसैको जिन्दगी मजै मजाको त कसैको दुखको वर्षात
किन यस्तो होला जिन्दगी ?
कुरा गरुँ मेरो
खै कहाँबाट सुरुवात गरुँ मेरो जिन्दगीको कथा
कहिले नै सुख पाएको हो र ?
सानोमै पिता गुमाएँ
पिताको मायाबाट बन्जित भएँ
सानो थिएँ आमाको दुखमा आफ्नो खुसी सधैं भेटाए
अनि विस्तारविस्तार जीवन अघि बढ्दै गयो
अनि उमेर पनि
जब उमेर बढ्यो, तब विस्तारै फेरि दुखको आगमन भयो
जब केही गर्छु जस्तो लाग्यो, तब मिल्यो त सिर्फ धोका जिन्दगीले नै दिएको ।
के भयो सबै आँट, विश्वास, भरोसा विस्तारै हराँउदै गए
म म रहिनँ
मैले म बन्न प्रयास नगरेको पनि हैन्
कोशिश गर्दा गर्दै हारेँ
जिन्दगीको जीत भइदियो, मेरो हार
खुसी र मेरो बिछोडमा रम्दै जिन्दगीले जितको उत्सव मनायो
अनि दुख र आँशुको साथ मैले आफ्नो हारको रोदन शब्दमार्फत उतार्न खोजेँ
खै किन होला ?
दुख सबैलाई पर्छ, म पर्दिन भन्दिनँ
तर यस मोडमा जिन्दगीले मलाई स्वार्थी बनाइदियो
मलाई आफ्नो पीडा, चोट, दुख आफ्नै ठूलो लाग्यो
जिन्दगीले मसँग गरेको घात ठूलो लाग्यो ।
खै अब कहिले सकिन्छ जीवन ?
कहिले लिन्छ विश्राम ?
न मैले केही गर्न नै सक्छु
न कसैको राम्रो बन्न नै सक्छु ?
जुन दिन जिन्दगीले विश्राम लिन्छ
सबैभन्दा अमूल्य र ठूलो उपहार मलाई मेरै मृत्यु हुन्छ !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




