
छ-छैन माया नियतले सहजै बताउँदो रै’छ
गजल
सुशीला शर्मा
दमक, झापा
मायाले मान्छेलाई एकहोरो नै बनाउँदो रैछ,
मनको घाऊ बनेर डाहाले धेरै सताउँदो रैछ ।
बिर्सेर पनि गर्दिन भूल अरूको भर पर्दिन भन्थे,
मायाको आभास समयले आफै गराउँदो रैछ ।
मुहारमा मात्र देखिन्छ हेर्दा हाँसो र खुसी,
भित्र भित्रै मायाले साह्रै तड्पाउँदो रैछ ।
भूलेर माया संसार सारा नियाली हेर्छु,
छ छैन माया नियतले सहजै बताउँदो रैछ ।
टाढै जावोस भागेर होस या छोडेर होस,
छ भने माया छायाले सधैं पछ्याउँदो रैछ ।
…
(एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)