
र, भविष्य भनेको हाम्रा केटाकेटी हुन्
सालीकराम घर्ती
मैले उसलाई कविता सुनाएँ
भालुलाई पुराण सुनाएको जस्तो भएछ ।
मैले कवितामा माटो लेखेको थिएँ
शक्ति लेखेको थिएँ
क्रान्ति लेखेको थिएँ
र, भविष्य लेखेको थिएँ ।
उसले माटो भनेको के हो बुझिनँ भन्यो
शक्ति भनेको के हो बुझिनँ भन्यो
क्रान्ति भनेको के हो बुझिनँ भन्यो
र, भविष्य भनेको के हो बुझिनँ भन्यो ।
मैले भनेँ, माटो भनेको देश हो
शक्ति भनेको जनता हो
क्रान्ति भनेको परिवर्तन हो
र, भविष्य भनेको हाम्रा केटाकेटी हुन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




