पुगेँ म १८ वर्ष, बनेँ तनावको भाडो

छोरी भएकै कारण

मनिषा कडायत
दोधारा चाँदनी नगरपालिका १०, कञ्चनपुर ।

हो म छोरी हुँ
जब आमाको पेटमा जन्म लिन्छु
तब मरिन्छु
यो पृथ्वीमा मेरा निर्दोष पाइला टेक्न नपाई ।

हो म छोरी हुँ
मेरा चार अधिकार खोसिँदा पनि
घर परिवार र छोरालाई अधिकार दिने समाजमा हुर्किन बाध्य भइ ।

शिक्षाको दाँजोमा दुई कदमपछि परेकी छोरी हुँ म
पछि मेरै प्यारो समाजका बुद्धिजीवीले जवाफ दिन्छन्
कस्तो समाजमा हुर्केकी गबार छिरो बन्न बाध्य म ।

आज पुगेँ म १८ वर्ष
मेरो प्यारो समाजलाई बनेँ तनावको भाडो
जबर्जस्ति हुन्छ यहाँ बालबिवाहको ताजो ।

भोलि फेरि फर्की आउँछु
सम्बन्ध बिच्छेदका कारण
छिछि दुरदुर गर्छ मेरो प्यारो समाज
म छोरी भएकै कारण ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button