संसद अब बाहुबलीहरुको अखडा

सडक र संसद

प्रेमलकुमार खनाल

पहिले पहिले रत्नपार्कमा
जिन्दावाद र मुर्दावादका नारा सुनिन्थ्यो
अहिले संसदभित्र यस्तै नारा सुनिन्छ ।

पहिले पहिले कोही कोही जुलुसको भीडको काँधमा चढेर
नारा घन्काएको देखिन्थ्यो
अहिले संसदभित्र यस्तै दृष्य देखिन्छ ।

पहिले पहिले सडकमा कोलाहलको आवाज सुनिन्थ्यो
अहिले संसदभित्र यस्तै आवाज सुनिन्छ ।

सायद अब आन्दोलनको मोर्चा रुपान्तरण भएर होला
त्यसैले आजकल सडक सुनसान छ ।

संसद जनताका समस्यामाथि बहस गर्ने विधायकहरुको थलो हो
तर गज्जब छ, संसद अब बाहुबलीहरुको अखडा बनेको छ
सबैखाले रिस, आक्रोश, कुण्ठा अभिब्यक्ति गर्ने थलो बनेको छ
सबै नियम उपनियम तोडिन थालेका छन्
बहस, छलफल होइन
माङ्गमुङ्ग्रे शैली प्रदर्शन गर्ने थलो बनेको छ ।

त्यसैले अब संसदमा असल विधायक होइन
कुस्ती खेल्न सक्ने कुस्तीवालहरुको खाँचो भएको सर्वत्र अनुभुति हुन थालेको छ ।

त्यसैले अबको चुनावमा
धनवाद, डनवाद, गुण्डाराजका नायकहरु र कुस्तीवालहरुको दिन आउने भएको छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button