
गुटको कोटरी
कविता
प्रेमलकुमार खनाल
उसलाई झुन्ड र कोटरी मन पर्दछ
सबै मान, सम्मान र अवसर पाईने
सबै सिनियरहरुलाई पछाडि पार्न पाइने
अनि त्यहीँ अवसरबाट
अरु सिनियरहरु सरह हुन पाउने भएपछि
उसले गुट, झुन्ड र कोटरी मन पराएको छ ।
गुट, झुन्ड र कोटरीमा बस्दा
सामुहिक हितको कुरा गरिरहनु पर्दैन
फेरि के काम सामुहिक हितको र ?
जे गर्नु छ आफ्नो हितका लागि गर्ने हो
अरुको हित त उनीहरुले नै गर्ने हो नि
झुन्ड र कोटरीमा बस्दा
सामुहिक हितको कुरा गर्न पर्दैन
झुन्ड र कोटरीको हित हुने काम गरे हुन्छ
ठीक भए नि बेठीक भए नि
यश् यश् भनी दिए हुन्छ
आलोचना, समालोचना पनि नगरी
यश् यश् भनी दिए हुन्छ
दृढतापुर्वक कोटरीको पक्षमा खडा भई दिए हुन्छ
त्यसैले उसले झुन्ड र कोटरी मन पराएको छ ।
कति मानिस विचार विधिको कुरा गर्दछन्
के काम त्यसको ?
जसले ऊ जस्तोलाई कुनै लाभ र अवसर दिँदैन
अनि सिनियरहरुलाई उछिन्न पनि सकिदैन
अनि पटकपटक अवसर पनि पाइदैन भने
के काम त्यो विचार र विधिको ?
त्यसैले उसले गुट, झुन्ड र कोटरी रोजेको छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



