
गन्तव्य परदेशतिर मोड्दै थिएँ
मुकेश शाह, काभ्रे, धुलिखेल
कभरमोडलः रोजिना भुयू
सपना फुलाउन मेहनत गर्दै थिएँ
सुनौलो भविष्यको नक्सा कोर्दै थिएँ ।
अनगिन्ती इच्छाहरू मनमा डुल्दै थिए
मेरो गन्तव्य परदेशतिर मोड्दै थिएँ ।
दुखाइले सीमा नाघ्यो केही पलमा
सपना फुलाउन फलामे तार जोड्दै थिएँ ।
सुख थियो सबै थिए साथीहरू
दुःखमा आफन्तैले साथ तोड्दै थिए ।
साथमा थिए अनगिन्ती इच्छाका चाङहरू
तर हिम्मतहरू साथ छोड्दै थिए ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)