
सुमि श्रेष्ठको ‘मन’
हातले छेकिदा छेकिन्छ घाम
मनमा भएका पिडा म कहाँ लुकाम ?
चन्द्र, सूर्य मिली बस्छ
तर किन मिल्दैन यो मन ?
आकाशलाई बादलले छेके जस्तै
खै के ले छेकी राखेको छ मेरो मन ?
घाम छाया लोलाउने तर
किन केही भन्दैन यो मन ?
सूर्यले किरण दिइराखेको छ सबैलाई
तर किन यो मनले माया छर्न सकेको छैन ?
थोरै/सानो बतास चल्दा डराउने यो मन
आज किन शान्त बसिरहेको छ ?
चिन्ता-पिर लिने यो मन
आज किन खुल्ला खुल्ला भइरहेको छ ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



