मान्छे

लक्ष्मी रायमाझी

चराको भन्दा
ग्रह र नक्षत्रको भन्दा
तीव्र उडानमा राखेर
आफ्ना पाइलाहरू
मान्छे हिडिरहेका
युगौँ भइसक्यो ।

ढुङ्गे युगलाई
विदा गर्दै
र सामाजिक एकताको
फूल फुलाउँदै
सर्वश्रेष्ठ
कहलिएको पनि
युग युग बितिसक्यो ।

चेतनाको पुञ्ज हो मान्छे
एकताको पुञ्ज हो मान्छे
खोला तर्न नसकेर
वाल्ल पर्दै
साथी खोज्नेहरू
शिखर चढ्न नसकेर
थकित हुँदै
लौरो खोज्नेहरू
ब्रह्माण्ड चहारिसक्या छन् ।

महासागरको पिँधमा
पुगिसकेका छन् ।

लाग्छ, मान्छे आकाश हो
चेतनाको फराकिलो दायरा
कुनै मस्तिष्कको अक्कलले
नाप्नै नसकिने
उसको अड्कललाई
उछिन्दै नवीनतम
सोचमा फैलिरहने
एक गतिवान
वेगवान
नवचिन्तनवान
भन्नै नसकिने
साँच्चै रहस्यको
अजीव पुञ्ज
रहेछ मानिस ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button