
फर्केर आऊ घर
मेरो कविता सम्पुर्ण युवाहरुप्रति समर्पित छ, जसले विभिन्न मुलुकहरुमा सुनौलो भविश्यका लागि रगत र पसिना बगाएका छन् । आमाकै काख न्यानो हुन्छ लाखौको पलंगमा सुते पनि !
पृथ्वीराज चौहान
कक्षा ९, अक्षरा स्कुल ।
आमालाई छाडी परदेश गयौ
विरानो पनि भयौ
पर्खाईमा आशुका धारा बगिसके
फर्केर आऊ घर ।
परदेशमा इमान छैन गरेर
पासोपीडा मात्रै छ
आÏनो माटोमा पसिना बगाए
धर्र्र्ती स्वाभिमानी छ ।
कति सहन्छौ पीडा र दुख
समय बलवान् छ
आÏनो माटोमा संर्घष गरे
भविश्य मजबुत छ ।
बसौँला यही स्वाभिमानको झुपडीमा
चाहिन्न ठुलो महल
खाउँला गुन्द्रक र ढिडो यहीँ बसिकन
चाहि‘दैन है व्यन्ञन ।
बारी टारी अझै बाँझै छन्
रोपौला सुखी जीवन
परदेशमा भविश्य किन साँच्नु
हॉसीखुसी बाँच्नु छ ।
पलायन भए सबै युवा जति
छाती छ बज्र जति
भो अब सहन्न रत्ति पनि
फर्केर आऊ घर ।
नेपाल आमा बोलाउँछिन्
कर्म छ अब गर्नलाई
देशको मुहार फेर्नु छ अब
फर्केर आऊ घर ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



