
शिव ओम् भनियो
छन्द: तोटक
प्रीति आत्रेय ज्ञवाली
शिवभक्ति सदा सबका मनमा
शिव नै शिव छन् सबका मुखमा ।
महिना शिवको प्रिय साउन यो
शिव ओम् शिव ओम् शिव ओम् भनियो ॥१॥
शिव सत्य र सुन्दर छन् जगमा
शिवको महिमा अति नै छ यहाँ ।
शिव छन् रखबार त गर्न अहो
शिव ओम् शिव ओम् शिव ओम् भनियो ॥२॥
भरमा शिवकै सब छन् जनता
सरकार यहाँ कहिँ सुन्छ कुरा ।
सब मस्त यहाँ कति के गरियो
शिव ओम् शिव ओम् शिव ओम् भनियो ॥३॥
नव व्याधि भयो अति दुष्ट यहाँ
विष यो अति नै फिँजियो जगमा ।
अहिले पनि यो बिख छल्न पर्यो
शिव ओम् शिव ओम् शिव ओम् भनियो ॥४॥
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



